६ माघ, नुवाकोट । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको लागि नुवाकोट क्षेत्र नम्बर २ मा सबैजसो राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व सांसद हिरानाथ खतिवडा, नेपाली काँग्रेसबाट पूर्व सांसद जगदिश्वर नरसिंह केसी, नेकपा एमालेबाट प्रदेश पूर्वमन्त्री केशव पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अच्युतम लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपाका खतिवडा र एमालेका पाण्डे पहिलोपटक प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन् भने काँग्रेसका केसी संविधानसभा सदस्यका रुपमा यसअघि समानुपातिकमा निर्वाचित भएपनि प्रदेशसभामा गत निर्वाचनमा पराजित भएका थिए ।
उनी पहिलोपटक प्रतिनिधि सभामा चुनावी मैदानमा उत्रिएका हुन् । गत निर्वाचनसम्म उनका दाजु अर्जुननरसिंह केसी निर्वाचित हुँदै आएकोमा अहिले आफू समानुपातिकमा उम्मेदवार रहेर भाइका निम्ति मैदान खाली गरिदिएका छन् ।
यसैगरी रास्वपाका लामिछाने नयाँ अनुहारका रुपमा यस निर्वाचनमा सहभागी हुँदैछन् ।
प्रतिक्रिया 4