+
+
Shares

पोताला दरबारअघि मिस पबीको फोटोसुट (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १३:३१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार तथा मोडल मिस पबी र बुद्धि तामाङ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा घुमघाममा छन्।
  • मिस पबिले 'डिस्कभरिङ सिजाङ' ह्यासट्याग प्रयोग गर्दै तिब्बती संस्कृति अध्ययनका लागि फोटोहरू पोस्ट गरेकी छिन्।
  • चीनले तिब्बतलाई सिजाङ भन्छ, जसले भूराजनीतिक विवाद निम्त्याएको छ र काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलमा देखिएको छ।

काठमाडौं । यतिबेला कलाकार तथा मोडल मिस पबी र बुद्धि तामाङ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा घुमघाममा ब्यस्त छन् । केही समययता त्यहाँ उनीहरूको घुमघाम ब्यापक देखिन्छ ।

चीनले पछिल्लो समय तिब्बतलाई सिजाङ भन्छ । चीनको यो शब्दावलीलाई लिएर भूराजनीतिक विवाद भैरहेको देखिन्छ । जसको प्रत्यक्ष उदाहरण काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलमा देखियो ।

यी कुरा बाहेक, मिस पबि र बुद्धि तामाङ तिब्बतको घुमघाममा रमाइरहेको देखिन्छ । चिनियाँहरूसँग उनले ल्हासाको पोताला दरबारअघि फोटो र भिडियो खिचाइरहेका छन् ।

मिस पबिले पनि ‘डिस्कभरिङ सिजाङ’, सिजाङ, सिजाङ पानोरमा ह्यासट्याग प्रयोग गर्दै फोटोहरू पोस्ट गरेकी छन् । उनको स्टाटस र ह्यासट्यागको अर्थ हेर्दा, यी कलाकार तिब्बती संस्कृति अध्ययन अवलोकन गर्न त्यहाँ पुगेको देखिन्छ ।

जेहोस्, मिस पबिले त्यहाँबाट सेयर गरेका फोटोहरू आकर्षक देखिन्छन् । पछिल्लो समय मिस पबिले फाट्टफुट्ट केही फिल्ममा अतिथि भूमिका गरिरहेकी छिन् भने टिभी कार्यक्रम ‘कमेडी दरबार’ की पनि उनी कलाकार हुन् ।

केही साताअघि अभिनेत्री स्वस्तिमा खड्का पनि चीन भ्रमणमा पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?