+
+
Shares

भूपेन्द्रजंग शाहीले पनि लिए उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १४:०९

९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । कालिकोटबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले आज निर्वाचन आयोगमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका उनलाई रोकेर विशेष पक्षमा खुलेका पार्टी केन्द्रले हर्षबहादुर बमलाई टिकट दिएको थियो ।

शाही ०७० र ०७४ को प्रतिनिधिसभाको निर्वाचन लडेका थिए । नेविसंघको पूर्वमहासचिव रहेका शाहीले भने, ‘पार्टीको निर्देशअनुसार पार्टीकै उम्मेदार हर्षबहादुरजीलाई जिताउन म अब फिल्डमा खटिएँ । अनेक असहमतिका बीच पनि उम्मेदवारी फिर्ता लिएँ ।’

आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?