+
+
Shares

सुदूरपश्चिममा ६७ उम्मेदवार ४० वर्ष मुनिका

सुदूरपश्चिममा ४० वर्ष मुनिका ६७ उम्मेदवार हुँदा नेपाली कांंग्रेसका एक जना उम्मेदवार पनि ४० वर्षमुनिका छैनन् । एमालेबाट एक जना र माओवादीबाट दुई जना छन् । 

रामहरि ओझा रामहरि ओझा
२०८२ माघ ९ गते १५:०१

९ माघ, डोटी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ सिटका लागि २१० जना चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारमध्ये १८ महिला छन् ।

प्रतिस्पर्धा गर्नेमा ६७ जना उम्मेदवार ४० वर्ष मुनिका छन् । नेपाली कांंग्रेसबाट ४० वर्षमुनिका कुनै उम्मेदवार छैनन् । एमालेबाट एक जना र माओवादीबाट दुई जना छन् ।

कञ्चनपुर–१ मा ‘अन्डर–४०’ का ७ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालका ४० वर्षीय कृष्णवहादुर चौधरी, संयुक्त नागरिक पार्टीका २७ वर्षीय दानियल विक, उज्यालो नेपाल पार्टीका ३२ वर्षीय माइकल तामाङ, आम जनता पार्टीबाट ३६ वर्षीया सीता विक र मितेरी पार्टी नेपालका २७ वर्षीय सियाराम रानाले उम्मेदवारी दिएका छन् । २७ वर्षीय अनिल राना र २७ वर्षीय यादव सिंहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कञ्चनपुर–२ मा संयुक्त नागरिक पार्टीका ३७ वर्षीय खडक ताम्राकार, राष्ट्रिय स्वतन्त्र पार्टीका ३८ वर्षीय दीपकराज बोहरा, नेपाली कम्युनिस्ट पार्टीबाट ३९ वर्षीय माधवप्रसाद पन्त, उज्यालो नेपाल पार्टीबाट ४० वर्षीय योगेन्द्रवहादुर साउँद, नेकपा माओवादीबाट ४० वर्षीय लोकेन्द्रबहादुर विक र प्रगतिशील नेपाल पार्टीबाट ३४ वर्षीय धर्मानन्द जोशी चुनावी मैदानमा उत्रेका छन् ।

यस्तै, ३५ वर्षीय हरिसबहादुर भट्ट, ३८ वर्षीय भानुभक्त बोहरा र ३१ वर्षीय वीरेन्द्र राना स्वतन्त्र उम्मेदवार छन् ।

कञ्चनपुर–३ मा रास्वपाबाट ४० वर्षीय ज्ञानेन्द्र शाही र राष्ट्रिय मुक्ति पार्टीबाट ३९ वर्षीय लोकराज भट्ट चुनावी प्रतिस्पर्धामा छन् । बैतडीमा ४० वर्षमुनिका एक जना मात्रै चुनावी प्रतिस्पर्धामा छन् । आम जनता पार्टीले ४० वर्षीय विसनसिं बोहरालाई उम्मेदवार बनाएको छ । डडेल्धुरामा जय मातृभूमि पार्टीका ३९ वर्षीय लक्ष्मीदत्त भट्ट उम्मेदवार बनेका छन् भने २८ वर्षीय गोरखबहादुर ऐर र ३५ वर्षीय सुरेन्द्र रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

दार्चुलाको प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी) बाट ३२ वर्षीय नवराज भट्टले उम्मेदवारी दिएका छन् । अछाम–१ मा रास्वपाबाट २७ वर्षीय ओमप्रकाश रावल, राप्रपाबाट ३९ वर्षीय लोकेन्द्रबहादुर शाह, नेकपा माओवादीबाट ४० वर्षीय लोकेन्द्रबहादुर शाही र नेपाल मजदुर किसान पार्टीबाट २६ वर्षीय सुरेन्द्र शाहीले मनोनयन दर्ता गरेका छन् । यस क्षेत्रमा ३२ वर्षीय भीमबहादुर कँवरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अछाम–२ मा उज्यालो नेपाल पार्टीबाट २८ वर्षीय राजेश रावल र रास्वपाबाट ३० वर्षीय भुपदेव शाहले उम्मेदवारी दिएका छन् ।

बाजुरामा ४० वर्षमुनिका चार जना उम्मेदवार छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ४० वर्षीय दीपककुमार डीसी, नेकपा माओवादीबाट ३९ वर्षीय भुपेन्द्र स्वाँर र रास्वपाबाट ३३ वर्षीय हेमराज थापाले उम्मेदवारी दिएका छन् भने ३० वर्षीय उपेन्द्र शाही स्वतन्त्र उम्मेदवार बनेका छन् ।

बझाङमा रास्वपाबाट ३८ वर्षीय शैलेशकुमार सिंह उम्मेदवार छन् । डोटीमा एमालेबाट ३२ वर्षीय दीपक धामी, नेकपा माओवादीबाट २९ वर्षीय प्रकाश कठायत र मितेरी पार्टी नेपालबाट ३५ वर्षीया सरस्वतीकुमारी पाल (मल्ल) चुनावी प्रतिस्पर्धामा छन् ।

कैलाली–१ मा ९ जना ४० वर्षमुनिका उम्मेदवार छन् । मजदुर किसान पार्टीबाट २५ वर्षीया सुनिता भण्डारी, राप्रपाबाट ३६ वर्षीय लोकेन्द्र कुँवर, आम जनता पार्टीबाट ३६ वर्षीया रुपा चौधरी, श्रम संस्कृति पार्टीबाट ४० वर्षीय विमलकुमार डगौरा र नेकपा माओवादीबाट ३५ वर्षीय रामबहादुर विश्वकर्मा चुनावी मैदानमा छन् । यस्तै, ३६ वर्षीय सत्यनारायण भट्टराई, ३२ वर्षीय राजेन्द्रबहादुर शाही, २८ वर्षीय तपेन्द्र शाह र ३७ वर्षीय अरुण ठकुल्लाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कैलाली–२ मा मजदुर किसान पार्टीबाट ३८ वर्षीया लक्ष्मीकुमारी पुन, रास्वपाबाट २६ वर्षीय केपी खनाल, नेपाली कम्युनिस्ट पार्टीबाट ३९ वर्षीय नन्दबहादुर साउँद र मितेरी पार्टीबाट २७ वर्षीया सम्झना विष्ट थापा प्रतिस्पर्धामा छन् भने यस क्षेत्रमा ३७ वर्षीय दीपक रावल स्वतन्त्र उम्मेदवार छन् ।

कैलाली–३ मा रास्वपाबाट ३९ वर्षीय जगत प्रकाश जोशी, मजदुर किसान पार्टीबाट ३० वर्षीया जुनु महतरा शाही, राष्ट्रिय जनमोर्चाबाट ३९ वर्षीय देवराज चौधरी र प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट ३९ वर्षीय लक्ष्मीराम चौधरी प्रतिस्पर्धामा छन् ।

कैलाली–४ मा मजदुर किसान पार्टीबाट ३६ वर्षीया अमृता भुल, राप्रपाबाट ३१ वर्षीय कमल रजवार, नेसनल रिपब्लिकन नेपालबाट ३८ वर्षीय गोपीलाल चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट ४० वर्षीय धनबहादुर सुनार, उज्यालो नेपाल पार्टीबाट ३८ वर्षीय सुवास कुँवर र राष्ट्रिय जनमोर्चाबाट ३४ वर्षीय हेमराज भट्ट प्रतिस्पर्धामा छन् ।

कैलाली–५ मा राप्रपाका ३२ वर्षीय रोशन शाही, मजदुर किसान पार्टीका २८ वर्षीया तृष्णा पुन मगर र नेकपा माओवादीका ३५ वर्षीय बबरजंगबहादुर सिंह उम्मेदवार छन् भने ३४ वर्षीय जनकराज पाठक स्वतन्त्र उम्मेदवार छन् ।

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?