News Summary
Generated by OK AI. Editorially reviewed.- बाराका चार निर्वाचन क्षेत्रमा ११२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएकोमा दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन्।
- संघीय समाजवादी पार्टीका कलामुद्दिन हवारी र युनाइटेड नेपाल डेमोक्रेटिक पार्टीका नरबहादुर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्।
- बाराको क्षेत्र नम्बर ४ मा ३७, क्षेत्र नम्बर ३ मा ३९, क्षेत्र नम्बर २ मा २९ र क्षेत्र नम्बर १ मा २० जनाको उम्मेदवारी कायम छ।
९ माघ, बारा । बारामा दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् । बाराका चार निर्वाचन क्षेत्रमा विभिन्न दल र ४७ स्वतन्त्रगरी ११२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।
फिर्ता लिनेमा संघीय समाजवादी पार्टीका कलामुद्दिन हवारी र युनाइटेड नेपाल डेमोक्रेटिक पार्टीका नरबहादुर श्रेष्ठ छन् ।
बारा १, २ र ३ मा कसैको उम्मेदवारी फिर्ता भएन । क्षेत्र नम्बर ४ का २ उम्मेदवारले मनोनयन फिर्ता लिएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।
बारामा क्षेत्र नम्बर ४ मा ३७ जना, क्षेत्र नम्बर ३ मा ३९ जना, क्षेत्र नम्बर २ मा २९ जना र क्षेत्र नम्बर १ मा २० जनागरी एकसय १० जनाको उम्मेदवारी कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4