+
+
Shares

रोल्पामा २ जनाको उम्मेदवारी फिर्ता

रोल्पामा २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एक निर्वाचन क्षेत्र रहेको रोल्पामा विभिन्न १० दल र २ स्वतन्त्रले उम्मेदवारी दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पामा २ जना उम्मेदवार आशबहादुर पुन र दलबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका छन्।
  • रोल्पामा ९ जना उम्मेदवारको उम्मेदवारी कायम छ जसमा विभिन्न १० दलका प्रतिनिधि छन्।
  • रोल्पामा १ लाख ४९ हजार ५ सय ९७ मतदाता छन् र यसपालि ४ हजार १ सय २६ मतदाता थप भएका छन्।

९ माघ, रोल्पा। रोल्पामा २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एक निर्वाचन क्षेत्र रहेको रोल्पामा विभिन्न १० दल र २ स्वतन्त्रले उम्मेदवारी दिएका थिए ।

आज स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिए । उम्मेदवारी फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार आशबहादुर पुन र दलबहादुर खत्री छन्।

रोल्पामा ९ जनाको उम्मेदवारी कायम छ । जसमा नेकपा (एमाले)का गोकुलप्रसाद घर्तीमगर, नेपाली कांग्रेसका डा. सुदनकुमार ओली, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, नेकपा (माओवादी)का चुडामणि ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापा, राष्ट्रिय जनमोर्चाका मेखबहादुर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्मरबहादुर थापा, नेशनल रिपब्लिक नेपाल पार्टीका मनबहादुर घर्ती, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका कुमार घर्तीमगर र आम जनता पार्टीका दीलबहादुर कामी रहेका छन् ।

रोल्पामा ९ गाउँपालिका र एक नगरपालिका छन्। ७४ हजार ६ सय ९० पुरुष र ७४ हजार ९ सय ७ महिला गरी १ लाख ४९ हजार ५ सय ९७ मतदाता छन्। जिल्लामा ८६ मतदान स्थल र १ सय ८० मतदान केन्द्र तोकिएको छ। २०७९ को निर्वाचनमा १ लाख ४५ हजार ४ सय ७१ मतदाता थिए। यसपालि ४ हजार १ सय २६ मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?