२१ चैत, रोल्पा । नेपाल विद्युत प्राधिकरणअन्तर्गत रोल्पा वितरण केन्द्रले आइतबारदेखि १५ दिनसम्म दैनिक ६ घण्टा विद्युत् सेवा बन्द हुने बताएको छ । मदन भण्डारी राजमार्गमा सडक विस्तार कार्य भइरहेकाले भन्दै विद्युत् पोल स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत् सेवा प्रभावित हुने रोल्पा वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्र प्रमुख ईश्वरबहादुर बिष्टले चैत २२ गतेदेखि वैशाख ६ गतेसम्म (१५) दिन दैनिक बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म विद्युत् सेवा बन्द हुने जानकारी दिए । सडक विस्तारको काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा भने केहीदिन अगाडि नै सेवा नियमित हुने उनले बताए ।
जिल्लाका माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिका लगायतका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने बताइएको छ ।
प्रतिक्रिया 4