९ माघ, हुम्ला । कालिकोट जिल्लाबाट चार जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन कार्यालय कालिकोटका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालका अनुसार नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका भुपेन्द्रजग शाही र नेपाली कम्यनिस्ट पाटीका बागी उम्मेदवार जीवन बूढा र प्रगतिशील लोकतन्त्रिक पाटी प्रलोपाका धर्मराज न्यौपाने र देशभक्त पाटीका प्रेमसिहं तिरुवाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन कार्यालय कालिकोट मुख्य निर्वाचन अधिकृत कुलप्रसाद न्यौपाने जानकारी दिए । १० जनाको उम्मेदवार रहेका छन् ।
यस्तै गरी हुम्ला जिल्लाबाट मितेरी नेपाल पाटीका जयबहादुर शाहीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
सल्यान जिल्लाबाट आम जनता पार्टीका उम्मेदार मानसिंह विकले पनि उम्मेदवारी फिर्ता लिएका छन् । विकले नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्ललाई सर्मथन दिने भन्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रतिक्रिया 4