काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार रुपक सिम्खडाले क्याप चुनाव चिह्न पाएका छन् । आज निर्वाचन आयोगले उनलाई क्याप चुनाव चिह्न प्रदान गरेको हो ।
विगतमा राप्रपाको युवक संगठनको राजनीतिमा सक्रिय उनी थली निवासी हुन् ।
उनी जेनजी युवाको भावना र अग्रजहरुको सम्मान गर्दै काम गर्ने बताउँछन् । ४४ वर्षीय सिम्खडा भन्छन्, ‘म जेनजी आन्दोलनपछिको विकसित परिस्थितिमा युवा र अग्रज पुस्तालाई जोड्दै सत्कर्मलाई जारी राख्ने छु ।’
काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका मणिराम फुयाल, नेपाली कम्युनिस्ट पार्टीका नितेश पौडेल, कांग्रेसका कविर शर्मा, रास्वपाका सुनिल केसी लगायत उम्मेदवार छन् ।
अघिल्लो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाकी सोबिता गौतम विजयी भएकी थिइन् । यसपटक उनी चितवन क्षेत्रनम्बर ३ को उम्मेदवार छिन् ।
प्रतिक्रिया 4