त्रिभुवन विमानस्थल (फाइल तस्वीर)
११ माघ, काठमाडौं । काठमाडौंबाट टर्कीकाे इस्तानबुल उडान गर्न लागेकाे टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङ बे फर्काइएको छ ।
टीके–७२७ उडान नम्बर रहेको जहाज काठमाडौंबाट १२ः३५ मा उड्ने समय निर्धारण गरिएको थियो ।
उडान अनुमति पाएर धावनमार्गमा दौडिसकेको अवस्थामा इन्डिकेसनले समस्या रहेको संकेत गरेपछि जहाज रोक्नुपरेको जानकारी आएको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
‘इन्डिकेसनमा समस्याको संकेत आएपछि दौडिसकेको जहाज आकस्मिक रोकेर फर्काइएको छ,’ उनले भने, प्राविधिक जाँचपछि जहाज उडानमा फर्कन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4