+
+
Shares

राष्ट्रिय सभा : सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १८:०६

११  माघ, धनगढी । राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी भएका छन् ।

खातीले ३ हजार ९६९ मतभारत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मतभार प्राप्त गरे ।

यसैगरी भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६७६ मतभार पाइन् ।

२२४ मध्ये २२० मतदाता मतदानमा सहभागी भएका थिए ।

कांग्रेसका प्रकाश देउवा, राप्रपाकी खेमादेवी बिष्ट,धनगढीका मेयर गाेपाल हमाल र जाेशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखादेवी कठरीया मतदानमा सहभागी भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?