+
+
Shares

बिते ०४६ को जनआन्दोलन बेलाका चर्चित पत्रकार मार्क टली

बीबीसीका पूर्वपत्रकार सर मार्क टलीको आइतबार निधन भएको छ । ०४६ को जनआन्दोलन र त्यसअघिको बन्द समाजमा मार्क टलीले बीबीसी वर्ल्ड तथा बीबीसी हिन्दीमार्फत् नेपालको बारेमा थुप्रै रिपोर्टिङ गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बीबीसीका पूर्वपत्रकार सर मार्क टलीको ११ माघ, काठमाडौंमा निधन भएको छ।
  • मार्क टलीले ०४६ को जनआन्दोलन र त्यसअघिको बन्द समाजमा नेपालबारे बीबीसी वर्ल्ड र बीबीसी हिन्दीमार्फत् रिपोर्टिङ गरेका थिए।
  • उनी सन् २०११ मा पहिलो नेपाल लिटरेचर फेस्टिभलमा सहभागी भएका थिए र भारत तथा दक्षिण एसियाले नेपालको लोकतन्त्रबाट सिक्नुपर्ने उदाहरण दिएका थिए।

११ माघ, काठमाडौं । बीबीसीका पूर्वपत्रकार सर मार्क टलीको आइतबार निधन भएको छ । ०४६ को जनआन्दोलन र त्यसअघिको बन्द समाजमा मार्क टलीले बीबीसी वर्ल्ड तथा बीबीसी हिन्दीमार्फत् नेपालको बारेमा थुप्रै रिपोर्टिङ गरेका थिए ।

त्यस बेला सन्चार माध्यम नै सरकारीबाहेक नगन्य रहेका बेला मार्क टलीको आवाज नेपालमा प्रसिद्द थियो ।

नेपालका पूर्वप्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा आदिसँग राम्रो सम्बन्ध बनाएका मार्क टली पछिल्लोपल्ट सन् २०११ अर्थात् पहिलो नेपाल लिटरेचर फेस्टिभलका बेला काठमाडौं आएका थिए ।

मार्क टलीसँग त्यस बेला पत्रकार विजय कुमारले लामो संवाद गरेका थिए । मार्क टलीले त्यस बेला तीन दशकभित्र नेपाल काफी बदलिएको भन्दै भारत तथा दक्षिण एसियाले नेपालको लोकतन्त्रबाट सिक्नुपर्ने उदाहरण दिएका थिए ।

मार्क टलीका नो फुलस्टप्स इन इन्डिया लगायत पुस्तक प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?