+
+
Shares

धर्मेन्द्र पासवान बने राष्ट्रिय सभा सदस्य

मधेशमा दलित समूह तर्फबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका धर्मेन्द्र पासवान निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेशमा दलित समूह तर्फबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा ७ हजार ९०४ मतभारसहित निर्वाचित भएका छन्।
  • धर्मेन्द्र पासवान २०५२ सालदेखि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र नेपाल दलित संघको केन्द्रीय सचिव भइसकेका छन्।
  • निर्वाचित पासवानले दलित समुदायका अधिकारका लागि कानुन निर्माण र पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

११ माघ, जनकपुरधाम । मधेशमा दलित समूह तर्फबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका धर्मेन्द्र पासवान निर्वाचित भएका छन् । ७ हजार ९०४ मतभारसहित उनी निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का शम्भु पासवान ले १ हजार ३७६ र जसपाकी चमेली देवी दासले २०९ मत भार पाएकी छन् ।

५४ वर्षीय पासवान रौतहट जिल्लाको परोहा नगरपालिका–३ का बासिन्दा हुन् । शिक्षा क्षेत्रमा उनले राजनीतिक शास्त्रमा स्नातक (बीए) पूरा गरेका छन् ।

‘तीान पुस्तादेखि हाम्रो परिवार कांग्रेसमा छ । तर आजसम्म अवसर भेटिएको थिएन । धैर्य र संघर्ष गर्दा एकदिन अवश्य अवसर पाइन्छ भन्ने आज प्रमाणित भयो’ उनले खुसी व्यक्त गरे ।

उनी २०५२ सालदेखि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा सक्रिय छन् । पार्टी संगठनभित्र उनले विभिन्न जिम्मेवारी सम्हालेका छन् । तत्कालीन नारायणी अञ्चल तरुण दलको अञ्चल सदस्य भइसकेका पासवान दलित राजनीतिका पुराना नेता हुन् ।

नेपाल दलित संघको रौतहट जिल्ला अध्यक्षका रूपमा उनी दुई अवधि कार्यरत रहे । त्यसपछि नेपाल दलित संघको केन्द्रीय सचिवको जिम्मेवारी सम्हाल्दै हाल निवर्तमान केन्द्रीय सचिवको भूमिकामा छन् ।

लामो समय संगठन निर्माण र आन्दोलनमा बिताए पनि यसअघि राष्ट्रिय तहको अवसर नपाएको अनुभव उनीसँग छ ।

निर्वाचित पासवानले राष्ट्रिय सभामा पार्टीभित्र सहकार्य गर्दै दलित समुदायले नपाएका अधिकारका लागि पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विशेषगरी मधेशी दलित समुदाय राज्यका संरचना र निर्णय तहमा पहुँचबाट वञ्चित रहेको उनको ठम्याइ छ ।

‘दलितलाई पहुँच र अधिकार दिलाउने, त्यसका लागि आवश्यक नियम र कानुन निर्माणमा भूमिका खेल्नेछु, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?