+
+
Shares

सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशतसम्म छुट

सम्झौताले ग्राहकलार्ई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १८:५३

११ माघ, काठमाडौं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार लाजिम्पाटस्थित होटल ले हिमालय तथा साके एन्ड फेङ रेस्टुरेन्ट, हर्कपुर तथा बागलुङस्थित इला कम्फर्ट, मौलाकालीस्थित इला रिसोर्ट्स, मौलाकाली केबुलकार, लुम्बिनी केबुलकार र पोखरास्थित द लेक रिट्रिटमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताले ग्राहकलार्ई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यसबारे थप जानकारीका लागि बैंकको चौबिसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?