+
+
Shares

भन्सार प्रशासन वास्तविकतामा आधारित हुनुपर्छ : अर्थ सचिव उपाध्याय

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १५:१५

१२ माघ, काठमाडौं । अर्थ सचिव घनश्याम उपाध्यायले भन्सार प्रशासन वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन् ।

भन्सार प्रशासन जति वास्तविकतामा आधारित भयो उति नै राजस्वका क्षेत्रहरु परदर्शी बन्दै जाने बताएका हुन् ।

पछिल्लो सयम भन्सार प्रशासनमा ग्याट मूल्यांकनलाई अनलाइन प्रणालीमा आबद्ध गर्ने काम भएको भन्दै यो भन्सार प्रशासनका लागि ठूलो सुधार भएको उनको भनाइ छ ।

सोमबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भन्सार प्रशासनलाई वास्तविक बनाउन भइरहेका पछिल्ला कार्यहरुले राजस्वमा सुधार आउने बताए ।

‘पछिल्लो समयमा भन्सार प्रशासनमा ग्याट मुल्यांकनलाई अनलाइन सिस्टममा आबद्ध गर्ने, छिमेकी मुलुकसँग एमओयू गरेर जिएसटीको डेटाहरु एक्सचेञ्ज गर्ने काम भएको छ,’ उनले भने, ‘भन्सार प्रशासनलाई वास्तविक, थप विश्वासिलो, परदर्शी बनाउने र एकद्धार प्रणालीलाई भन्सार विभागले जुन हिसावले अघि बढाएको यो धेरै राम्रो छ ।’

सचिव उपाध्यायले अन्तर भन्सारमा मूल्यांकनमा रहेका विविधतालाई अनलाइन सिस्टममार्फत एकरुपता सिर्जना गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?