+
+
Shares

शहीद सरला-कुमारको सम्झनामा १० लाखको अक्षयकोष

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते २०:०७

१२ माघ, काठमाडौं । काभ्रेपलाञ्चोकको चौंरी देउराली गाउँपालिका– ४ स्थित सालिमे छेडामा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयले ६१औँ वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक, पूर्वप्रधानाध्यापक तथा अभिभावकहरूको सहभागिता थियो ।

कार्यक्रममा रोटरी क्लब काभ्रे र युवा व्यवसायी यनप्रसाद अधिकारीले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

विद्यालय प्राङ्गणमा शहीद कुमार चौलागाईं र सरला अधिकारीको शालिक समेत अनावरण गरिएको छ । माओवादी द्वन्द्वका क्रममा २०५५ साल १८ कात्तिकमा दुवै जना मारिएका थिए । उनीहरूलाई राज्यले शहीद घोषणा गरेको छ ।

सरला–कुमार स्मृति प्रतिष्ठानमार्फत १० लाख १ हजार ५ सय ५५ रुपैयाँ बराबरको अक्षय कोष समेत स्थापना गरिएको छ ।

साथै शहीदहरूको नाममा स्थापना गरिएको पुस्तकालयको पनि उद्घाटन गरिएको छ ।

कार्यक्रममा पूर्व शिक्षक तथा पूर्व विद्यार्थीलाई दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र चौलागाईले बताए ।

जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दीपक गौतमले ६० भन्दा बढीलाई न्यानो कपडा वितरण गरे । कार्यक्रमको प्रमुख अतिथि रहेका गौतमले न्यानो कपडा वितरण गरेका हुन् ।

सो अवसरमा रोटरी क्लब काभ्रेद्वारा शैक्षिक सामग्री वितरण गरिएको थियो भने युवा व्यवसायी यनप्रसाद अधिकारीले पनि विद्यार्थीहरूलाई कापी–कलम वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?