१३ माघ, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह कैलाली- २ को घण्टी घरमा नरोकिएर हिंडेपछि कार्यकर्ता र समर्थक निराश भएका छन् ।
बालेन आउने खबरपछि कार्यकर्ता र समर्थक बिहानैदेखि बर्दगोरिया गाउँपालिका-२ स्थित बौनिया बजारमा रहेको क्षेत्र नम्बर २ को घण्टीघरमा जम्मा भएका थिए ।
बालेनकै स्वागतमा रास्वपा बर्दगोरियास्थित क्षेत्रीय समितिले स्वागत तथा अभिवादन कार्यक्रम राखेको थियो ।
शाह साढे ९ बजेतिर बौनिया पुगे पनि उनी त्यहाँ रोकिएनन् । बालेन नरोकिएपछि समर्थकहरूले व्यवस्थापनमा कमजोरी गरेको भन्दै कैलाली-२ का उम्मेदवार केपी खनालसँ गुनासो गरेका छन् ।
खनालले पनि समन्वय अभावमा शाहलाई त्यहाँ रोकाउन नसकिएको बताएका छन् । ‘यहाँ उहाँलाई स्वागत गर्दै भेटघाट गर्ने कार्यक्रम राखिएको थियो तर हामी साथीहरूलाई व्यवस्थापन गर्ने क्रममा पछि परेको थियौँ’, खनालले भने, ‘समस्या केही होइन समन्वय अभावले उहाँ यहाँ नरोकिएको कुरा हो । अब उहाँलाई हामी ल्याउछौं ।’
रास्वपाबाट उम्मेदवार बनेका खनाल बालेनकै उम्मेदवार हुन् । नेताहरूका अनुसार बालेन अछामसम्म पुगेर फर्किने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया 4