News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका रचना रिमालले सामाजिक सञ्जालमा एक फ्यानले उनको मुहारको ट्याटु हातमा खोपाएको भिडियो सेयर गरेकी छिन्।
- रचनाले फ्यानप्रति आफ्नो प्रेम व्यक्त गर्दै लेखेकी छिन्, 'मनले नै थाम्न गाह्रो हुने गरि जुन मायाको भारी बोकाउनुभएको छ, त्यो बोकेर हिँडिरहन सकूँ भगवान।'
- उनले भनिन्, 'म त आफ्नो कर्म मात्रै गरिरहेकी छु र त्यो सबै हजुरहरूको आशीर्वाद हो' र फ्यानप्रति धेरै सम्मान व्यक्त गरिन्।
काठमाडौं । समकालिन गायिकामध्ये रचना रिमालको लोकप्रियता अग्रपंक्तिमा आउँछ । विवादमा सितिमिति नआउने उनी ‘जिरो हेटर्स’ गायिका पनि हुन् । सांगीतिक प्रस्तुतिका लागि उनी जहाँ जान्छिन्, उनको प्रशंसा भैरहन्छ ।
संगीतसँगै अध्ययन, खेलदेखि सोसल मिडियामा कन्टेन्ट क्रिएसनसम्म उनी सक्रिय छिन् । यी कुराको उनको रुचिमा देखिएको विविधता दर्शाउँछ । फ्यान पनि रचना भनेपछि हुरुक्कै गर्छन् ।
एक क्रेजी फ्यानले त उनको मुहारको ट्याटु नै हातमा खोपेर गायिकाप्रतिको प्रेम दर्शाएका छन् । सामाजिक सञ्जालमा रचनाले सेयर गरेको एक भिडियोमा ती फ्यानले उनको ट्याटु खोपाएको देखिन्छ ।
प्रशंसकको यो प्रेमलाई लिएर रचना खुसी पनि छिन् । सामाजिक सञ्जालमार्फत नै उनले ती फ्यानप्रतिको प्रेम व्यक्त गरेकी छन् । ‘मनले नै थाम्न गाह्रो हुने गरि जुन मायाको भारी बोकाउनुभएको छ, त्यो बोकेर हिँडिरहन सकूँ भगवान’ भन्दै उनले लेखेकी छन् ।
फ्यानको यो माया र सम्मान देखेर आफू भावुक बनेको रचनाले बताएकी छन् । ‘म त आफ्नो कर्म मात्रै गरिरहेकी छु । जहाँ, जस्ती छु, त्यो सबै हजुरहरूको आशीर्वाद हो’ उनी लेख्छिन्, ‘हजुरप्रति मेरो हृदयबाट धेरै सम्मान छ । लेख्न धेरै मन हुँदाहुँदै पनि सकिँन । धेरै माया छ ।’
प्रतिक्रिया 4