+
+
Shares

घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १५:४२

१३ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोसल मिडिया स्टन्टबाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उनले पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनको बेलामा सोसल मिडियामा स्टन्टबाज गर्ने बाहेक अरु केही गर्न नसकेको आरोप लगाए

‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टबाज गरेको भरमा जनताको दिमाग चाट्ने जो काम भइराखेको छ । यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ,’ प्रचण्डले भनेका छन् ।

सबै वामपन्थी शक्तिहरू एकतावद्ध भएर अघि बढेमात्रै मुलुक र जनताको हित हुने प्रचण्डको भनाइ थियो ।

‘बाँकी रहेका सबै युवा र पुराना कमरेडहरुले पनि सोच्नुहोस् हामी सबै मिलेर एउटा विशाल भवन निर्माण गरौ–समाजवादी भवन । त्यसले मात्रै देश र जनताको सेवा गर्छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?