१३ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका १७ कर्मचारी, ट्राफिक प्रहरीहरूको मोबाइल जफत गरेको छ ।
अख्तियार स्रोतका अनुसार यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुख (नवौं) पेशलकुमार पोखरेलसहित १७ कर्मचारीको २५ मोबाइल जफत गरेको हो ।
त्यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित ३ जनाको मोबाइल नियन्त्रणमा लिएको छ ।
नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाको ९ थान मोबाइल जफत गरिएको छ ।
त्यसैगरी लिखित परीक्षा दिई फेल भएको मितिले ३ मिहना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीहरूको उत्तरपुस्तिका पनि अख्तियारले जफत गरेको छ ।
चाबहिलका कार्यलय प्रमुखसहित अन्यको कर्मचारी, प्रहरीको मिलेमतोमा ५ हजारदेखि १० हजार लिई लाइसेन्सको लिखित परीक्षामा फेल भएकालाई पास बनाउने गरेको पाइएपछि अख्तियारले उनीहरूको मोबाइल जफत गरेको हो ।
प्रतिक्रिया 4