+
+
Shares

ओढारमा भेटिए ५ थान भरुवा बन्दुक

​विशेष सूचनाको आधारमा खोजतलास गर्दा जंगलको ओढारभित्र लुकाएर राखेको अवस्थामा ती बन्दुकहरू फेला परेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १८:३९

१३ ​माघ, काठमाडौं । ओढारभित्र लुकाएर राखेको अवस्थामा रुकुमपूर्व प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ ।

भूमे गाउँपालिका-८ स्थित सिपाखोलाबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका ५ थान भरुवा बन्दुक फेला पारेको हो ।​

​विशेष सूचनाको आधारमा खोजतलास गर्दा जंगलको ओढारभित्र लुकाएर राखेको अवस्थामा ती बन्दुकहरू फेला परेको प्रहरीले जनाएको छ ।

रुकुमपूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लालबहादुर विकका अनुसार बरामद हतियारमध्ये ४ वटा प्रयोग गर्न मिल्ने (चालु) अवस्थामा छन् भने एउटा बिग्रिएको छ।

‘गोप्य सूचनाका आधारमा हामीले अपरेसन चलाएका थियौं,’ सूचना अधिकारी विकले भने, ‘जंगलको ओढारमा बेवारिसे अवस्थामा राखिएका ती बन्दुकहरू बरामद गरी अहिले कार्यालयमा ल्याइएको छ।’

​प्रहरीले ती हतियार कसले र कुन प्रयोजनका लागि राखेको हो भन्नेबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

पछिल्लो समय प्रहरीले अवैध हतियार नियन्त्रणका लागि जिल्लाभरि निगरानी बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?