+
+
Shares

नारायणघाट-बुटवल सडक आयोजनाको पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

अरुण खोला पुलमा २१ फागुनको निर्वाचन अगाडि नै यातायात सञ्चालनमा ल्याउने योजना आयोजनाको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नारायणघाट-बुटवल सडक आयोजनाको पूर्वी खण्डमा ३४ पुल निर्माण सम्पन्न भएको छ।
  • तीमध्ये ३३ पुलबाट यातायात सञ्चालन सुरु भइसकेको छ।
  • अरुण खोला पुलमा २१ फागुनको निर्वाचन अगाडि यातायात सञ्चालन गर्ने योजना छ।

१३ माघ, काठमाडौं । नारायणघाट-बुटवल सडक आयोजना अन्तर्गत पूर्वी खण्डमा निर्माणाधीन ३४ पुल निर्माण सम्पन्न भएको छ ।

सडक आयोजनाले सार्वजनिक गरेको विवरण अनुसार अरुण खोला पुलको आठौं स्पानको ढलान गर्ने काम सकिएको छ । यससँगै पूर्वी खण्डमा साना २२ र ठूला १२ गरी ३४ पुल निर्माण सकिएको हो ।

तीमध्ये ३३ पुलबाट यातायात समेत सञ्चालन सुरु भइसकेको आयोजनाले जनाएको छ । अरुण खोला पुलमा भने अझै यातायात सुरु गरिएको छैन । यो पुलमा २१ फागुनको निर्वाचन अगाडि नै यातायात सञ्चालनमा ल्याउने योजना आयोजनाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?