News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय गायक अरिजित सिंहले चलचित्र गायनबाट सन्यासको घोषणा गर्दै अबदेखि प्लेब्याक भोकलिस्टको रूपमा काम नगर्ने बताएका छन्।
- उनले नयाँ वर्ष २०२६ को शुभकामना दिँदै आफ्नो चलचित्र गायन यात्रालाई यहीँ समाप्त गर्ने उल्लेख गरेका छन्।
- अरिजितले चलचित्र गायनबाट सन्यास लिएपनि स्वतन्त्र सांगीतिक यात्रा निरन्तर रहने जनाएका छन्।
मुम्बई । चर्चित भारतीय गायक अरिजित सिंहले चलचित्र गायनबाट सन्यासको घोषणा गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले अबदेखि ‘प्लेब्याक भोकलिस्ट’ को रुपमा काम नगर्ने बताएका हुन् ।
नयाँ वर्ष २०२६ को शुभकामना दिँदै उनले लेखेका छन्, ‘यो यात्रामा मलाई साथ, माया र समर्थन दिने सबैलाई धन्यवाद । म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम लिने छैन । यो यात्रालाई यहीँ समाप्त गर्दैछु । यो एक सुन्दर अनुभव रह्यो ।’
चर्चित गायकको यो घोषणापछि सिंगो बलिउड र प्रशंसक स्तब्ध भएका छन् । धेरैले उनको योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।
अरिजितले पछिल्लोपटक सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ को गीत ‘मातृभूमि’ गाएका थिए । चलचित्र गायनबाट सन्यास लिएपनि उनले आफ्नो स्वतन्त्र सांगीतिक यात्रा भने निरन्तर रहने जनाएका छन् ।
उनका ‘तुम हि हो’, ‘जनम जनम’, ‘अपना बना ले’, ‘ओ माही’, ‘अगर तुम साथ हो’, ‘मस्त मगन’, ‘मुस्कुराने की वजह तुम हो’ लगायत थुप्रै गीत चर्चित छन् । सिंहले २ वर्षअघि काठमाडौंमा प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया 4