+
+
Shares

अरिजितलाई भेट्न घरमै पुगे आमिर, के पाक्दैछ ?

अरिजीतले सन्यासको कुरा गरिरहेकै बेला आमिरसँगको यो सहकार्यले कतै यो उनको ‘कमब्याक’ वा विशेष म्युजिक प्रोजेक्ट त होइन भन्ने आशंका जगाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १६:०३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय गायक अरिजित सिंहले फिल्मी गायन छाडेको घोषणा गरिसकेका छन् र फिल्म निर्देशनमा डेब्यू गर्न लागेको खबर छ।
  • बलिउड अभिनेता आमिर खानले अरिजितलाई भेट्न उनको घर पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको जियागञ्ज पुगेका छन् र दुई दिन बस्नेछन्।
  • सामाजिक सञ्जालमा आमिरले अरिजितलाई मनाउन आएका हुन् र उनीहरू कुनै नयाँ प्रोजेक्टमा सँगै काम गरिरहेका हुन सक्छन् भन्ने चर्चा भइरहेको छ।

मुम्बई । चर्चित भारतीय गायक अरिजित सिंहले फिल्मी गायन छाडेको घोषणा गरिसकेका छन् । यस्तोमा, उनले फिल्म निर्देशनमा डेब्यू गर्न लागेको खबर छ ।

यो खबरले संगीतप्रेमी र सिंहका फ्यानलाई स्तब्ध तुल्याएकै बेला बलिउडका ‘मिस्टर पर्फेक्टनिस्ट’ आमिर खान उनलाई भेट्न पुगेका छन् । अरिजीतलाई भेट्न आमिर उनकै घरमा पुगेको भिडियो भाइरल बनिरहेको छ ।

एक भाइरल भिडियोमा आमिर मज्जाले चङ्गा उडाइरहेको देखिन्छन् । उनलाई साथ दिन उनको टिम पनि त्यहाँ मौजूद छ ।

फ्यानले यो भिडियोमा थुप्रै कमेन्ट गरिरहेका छन् । धेरैले अरिजीतले सन्न्यास लिएकै बेला आमिर उनलाई भेट्न किन गएका होलान् भनेर चासो देखाइरहेका छन् ।

सार्वजनिक भएका अन्य भिडियोमा आमिरको व्यस्तता र फ्यानको क्रेज स्पष्ट देखिन्छ । अर्को एउटा भिडियोमा आमिर गाडीबाट ओर्लिँदै गरेको देखिन्छन् । गाडीबाट ओर्लिने बित्तिकै उनले त्यहाँ जम्मा भएका ‘पापाराजी’ हरूलाई हात जोडेर नमस्कार गर्दै अभिवादन गर्छन् ।

अर्को एउटा भिडियो चाहिँ अलि भिडभाडपूर्ण छ । आमिर आफ्नो गाडीभित्र बसिरहेका छन्, तर बाहिर फोटोग्राफर उनको एउटा स्पष्ट तस्वीर खिच्नका लागि निकै ठेलमठेल र धक्का-मुक्की गरिरहेका देखिन्छन् ।

भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताले रमाइला र चाखलाग्दा कमेन्ट गरिरहेका छन् । धेरैजसोको भनाइ छ कि आमिर अरिजीतलाई मनाउन आएका हुन् । उनी चाहन्छन् कि अरिजीतले आफ्नो सन्न्यासको निर्णय फिर्ता लिऊन् र फेरि फिल्ममा गाउन सुरु गरून् ।

यद्यपि, अहिलेसम्म यी दुईबीचको भेटको वास्तविक कारण के हो भन्नेबारे कुनै आधिकारिक जानकारी बाहिर आएको छैन । यो केवल एउटा साथीको नाताले गरिएको भेट हो वा कुनै नयाँ प्रोजेक्टको बारेमा छलफल, त्यो अझै गोप्य नै छ ।

अरिजीतको घर पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको जियागञ्जमा पर्छ । ‘कलकत्ता टाइम्स’ को रिपोर्ट अनुसार, आमिर त्यहाँ रमाइलो गर्न मात्र गएका होइनन्, विशेष रूपमा अरिजीतलाई भेट्न जियागञ्ज पुगेका हुन् र उनी त्यहाँ दुई दिनसम्म बस्नेछन् ।

भनिएको छ कि उनीहरू त्यहाँ कुनै एउटा नयाँ प्रोजेक्टमा सँगै काम गरिरहेका छन् । अरिजीतले सन्यासको कुरा गरिरहेकै बेला आमिरसँगको यो सहकार्यले कतै यो उनको ‘कमब्याक’ वा विशेष म्युजिक प्रोजेक्ट त होइन भन्ने आशंका जगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?