+
+
Shares

जनार्दनको चुनावी कमाण्डर बने एमाले उम्मेदवार नन्दराम

मनिष खड्का मनिष खड्का
२०८२ माघ १४ गते १८:०९

१४ माघ, रुकुम पश्चिम । चुनावी तालमेल गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा एमालेको संयुक्त निर्वाचन परिचालन कमिटी निर्माण भएको छ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि दुवै पार्टीको संयुक्त निर्वाचन परिचालन कमिटी बनेको हो ।

मुसिकोटमा बसेको दुवै पार्टीको संयुक्त बैठकबाट उक्त कमिटी निर्माण गरिएको बुधबार मुसिकोटमा संयुक्त पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष तथा उम्मेदवार समेत रहेका नन्दराम देवकोटाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरिएको हो ।

भोलिबाट नै संयुक्त प्रचार सुरु हुने संयोजक देवकोटाले जानकारी दिए ।

नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका देवकोटा पार्टी केन्द्रको चुनावी तालमेल अनुसार आफ्नो उम्मेदवारीबाट पछि हट्दै आफ्नै प्रतिस्पर्धीलाई जिताउन लागेका छन् ।

जिल्लामा प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई जिताउने मुख्य जिम्मेवारी देवकोटाको काँधमा आएको छ । यो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने र जनार्दनलाई जिताएरै छाड्ने उनले ठोकुवा गरे ।

जिल्लामा आफ्नै नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन भएको भन्दै उनले तोकिएको कार्यभार कुशलतापूर्वक पूरा गरी छाड्ने अठोट गरे ।

साथै उनले जिल्लाका सबै एमाले कार्यकर्ता तथा नेताहरूलाई प्रत्यक्षतर्फ आँखा चुनाव चिन्हमा मतदान गरी जनार्दन शर्मालाई जिताउन अपिल गरे । साथै समानुपातिक तर्फ भने सूर्य चिन्हमा मतदान गर्न उनको आग्रह छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले आफूले अहिलेसम्मका धेरै निर्वाचन साझा उम्मेदवारकै रूपमा लड्ने मौका पाएको र अहिले पनि सोही अवसर प्राप्त भएको बताए ।

आफूले अहिलेसम्म जिल्लाका सबै दलको सहकार्यमा एकीकृत रुकुम विकासको अवधारणालाई अघि बढाएको र अब पनि एमाले सहितका दलको सहकार्यमै बाँकी रहेका कार्यभार पूरा गर्ने उनले प्रतिबद्धता जनाए ।

शर्माले नेकपा एमाले सँगको तालमेलले आफ्नो जितलाई झन् सुनिश्चित गरेको दाबी गरे ।

आफू २०६४ र २०७० को निर्वाचनमा बाहेक अन्य चुनावमा जिल्लामा साझा उम्मेदवारका रूपमा निर्वाचनमा होमिएको र विजय प्राप्त गरेको स्मरण गर्दै उनले यस पटकको निर्वाचनमा पनि साझा उम्मेदवारको रूपमा रहनु आफ्नो लागि गौरवको विषय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?