+
+
Shares

प्राइम टायल्स बन्यो नेपालकै पहिलो ‘एनएस’ प्रमाणित टायल उद्योग

नेपाल गुणस्तर तथा नापतौल विभागले प्राइम टायल्सलाई ‘एनएस ६१७’ मापदण्ड पूरा गरेको भन्दै गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राइम टायल्स नेपालकै पहिलो र एकमात्र एनएस प्रमाणित टायल कम्पनी बनेको छ।
  • नेपाल गुणस्तर तथा नापतौल विभागले प्राइम टायल्सलाई 'एनएस ६१७' मापदण्ड पूरा गरेको भन्दै गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ।
  • प्राइम टायल्सले वार्षिक ४० लाख वर्गमिटर टायल उत्पादन क्षमता राखेको र देशभरि १ सय २० भन्दा बढी आधिकारिक विक्रेता सञ्जालमार्फत ग्राहकसम्म पुगिरहेको छ।

१४ माघ, काठमाडौं । नेपाली निर्माण सामग्री उद्योगमा प्राइम टायल्स नेपालकै पहिलो र एकमात्र एनएस प्रमाणित टायल कम्पनी बन्न सफल भएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले प्राइम टायल्सलाई ‘एनएस ६१७’ मापदण्ड पूरा गरेको भन्दै गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो ।

यससँगै भित्ता (वाल) र भुइँ (फ्लोर) मा प्रयोग गरिने टायल उत्पादनमा नेपाल गुणस्तर चिह्नप्राप्त गर्ने प्राइम टायल्स देशकै पहिलो उद्योग बनेको छ ।

विभागले प्रदान गरेको यो प्रमाणपत्रले प्राइम टायल्सका उत्पादनहरू राष्ट्रिय गुणस्तर मापदण्ड अनुसार कडा परीक्षण र प्रमाणीकरण भएको पुष्टि गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यो उपलब्धिले उत्पादनको उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग र आधुनिक डिजाइनप्रतिको प्रतिबद्धता थप प्रमाणित गरेको छ ।

अहिले प्राइम टायल्सका विभिन्न डिजाइन र आकारका टायल घर, कार्यालय तथा ठूला व्यावसायिक भवनका लागि बजारमा उपलब्ध छन् । यो प्रमाणपत्र प्राप्तिसँगै नेपाली उपभोक्ताले अब विदेशी टायलको भर पर्नु पर्ने अवस्था अन्त्य हुने र स्वदेशी उत्पादनमै पूर्ण भरोसा गर्न सक्ने कम्पनीले जनाएको छ ।

करिब ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा रौतहटमा सञ्चालित यस उद्योगको वार्षिक उत्पादन क्षमता ४० लाख वर्गमिटर छ । सीएमएस र फर्च्युन भेन्चर्सजस्ता प्रतिष्ठित व्यावसायिक घरानाद्वारा प्रवर्द्धित यस कम्पनीले छोटो समयमै नेपाली बजारमा बलियो पकड जमाएको छ ।

हाल देशभरि रहेका १ सय २० भन्दा बढी आधिकारिक विक्रेता (डिलर) सञ्जाल मार्फत प्राइम टायल्स ग्राहकसम्म पुगिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?