१५ माघ, काठमाडौं । फुटपाथमा सुतेका व्यक्तिको खल्तीबाट ८ हजार ६ सय पाकेटमारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पाकेटमारी गरेको देखेपछि ट्राफिक प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कलंकीमा बुझाएको हो ।
१३ माघको बुलेका साढे ७ बजेतिर कलंकी नजिक खड्कुले सडकको फुटपाथमा एक विजय नगरकोटी सुतेका थिए ।
मदिराले अचेत भएको अवस्थामा फुटपाथमै सुतेका नगरकोटीको खल्तीमा रहेको ८ हजार ६ सय पाकेटमारी फरार भएका व्यक्तिलाई ट्राफिक प्रहरी जवान कृष्णबीर थ्याईटले पक्राउ गरेका हुन् ।
रकम समेत बरामद गरी आफन्त पहिचान गरेर जिम्मा लगाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4