+
+
Shares

गोरखाका ८३ मतदान स्थल अति संवेदनशील

निर्वाचन क्षेत्र नम्बर २ का मतदानस्थलहरू बढी अतिसंवेदनशील देखिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते १९:१९

१५ माघ, गोरखा । आसन्न निर्वाचनमा जिल्लाका ८३ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ । सुरक्षाको दृष्टिकोणबाट जिल्ला सुरक्षा समितिले ती मतदानस्थललाई अति संवेदनशीलमा राखेको हो ।

त्यस्तै १ सय ३० मतदान स्थल संवेदनशील र ११ सामान्य रहेको जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर विकले बताए ।

निर्वाचन क्षेत्र नम्बर २ का मतदानस्थलहरू बढी अतिसंवेदनशील देखिएको उनले जानकारी दिए । संवेदनशीलताको आधारमा विशेष रणनीति बनाएर सुरक्षा व्यवस्था गरिने उनको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आसन्न निर्वाचनका लागि जिल्लामा कुल २ सय २५ मतदानस्थल र ३ सय ३१ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्वर १ मा १३१ मतदान स्थल र १८१ मतदान केन्द्र छन् भने क्षेत्र नम्बर २ मा ९४ मतदान स्थल र १५० मतदान केन्द्र छन् ।

कुल मतदाता १ लाख २० हजार ५२५ मतदाता रहेको क्षेत्र नम्बर १ मा कांग्रेसबाट प्रेम खत्री, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट हरिराज अधिकारी, एमालेबाट आरसी लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुदन गुरुङलगायतका उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

क्षेत्र नम्बरबाट २ बाट भने कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपाका लेखनाथ न्यौपाने, एमालेका मिलन गुरुङ (चक्रे मिलन), रास्वपाका कविन्द्र बुर्लाकोटीलगायतले उम्मेदवारी दिएका छन् । सो क्षेत्रको कुल मतदाता संख्या १ लाख ८ हजार ५३३ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?