News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले औषधिजन्य दन्त मञ्जनहरू जथाभावी बिक्री रोक्न माग गरेको छ।
१६ माघ, काठमाडौं । औषधिजन्य दन्त मञ्जनहरू जथाभावी बिक्री गरिएको भन्दै नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले आपत्ति जनाएको छ । एसोसिएसनले शुक्रबार एक विज्ञप्ति जारी गर्दैऔषधिजन्य मञ्जनहरू खुल्ला बजारमा बेच्न रोक लगाउनुपर्ने माग गरेको हो ।
दन्तसम्बन्धी विज्ञ जनशक्तिको सिफारिसमा मात्रै बेच्नुपर्ने यस्ता उत्पादनहरू जथाभावी बिक्रि गर्दा जनस्वास्थ्यमा असर पर्ने एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले बताए । ४ हप्ता भन्दा बढी प्रयोग गर्न नमिल्ने औषधिजन्य मञ्जन समेत खुल्ला बजारमार्फत बिक्री गरी लामो समय प्रयोग गर्ने गरेको उनको आरोप छ ।
यसबारे स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागजस्ता निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएको एसोसिएसनको गुनासो छ। ‘जनताको मुख स्वास्थ्य र समग्र स्वास्थ्यप्रति राज्यको उपस्थिति र चासो नरहनु गम्भीर विषय हो’ विज्ञप्तिमा भनिएको छ ।
बजारको निगरानी गरी मञ्जनहरूको गुणस्तर जाँच गर्न र आवश्यक मापदण्ड लागू गर्न माग गरिएको छ ।

प्रतिक्रिया 4