+
+
Shares

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ५१ प्रतिशत मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १२:४६

१८ माघ, बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ५१ प्रतिशत मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ । मतदानस्थलको अवलोकनपछि थप सुरक्षा रणनीति अपनाउने तयारी भइरहेको जिल्ला सुरक्षा समिति बागलुङले जनाएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा रहेका १०७ मतदानस्थलमध्ये जिल्ला सुरक्षा समितिले गरेको मुल्याङ्कनका आधारमा मतदानस्थललाई तीन भागमा बाँढिएको छ ।

१०७ मतदानस्थलमध्ये ५५ अति संवेदनशील, २४ संवेदनशील र २८ सामान्य सूचीमा राखिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।

बागलुङमा आगामी फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको छ । सुरक्षा संवेदनशिलता, विकटता, मुख्य सडकको पहुँचको पूर्वाधार र यस अघिका घटना र प्रतिस्प्रर्धालाई विश्लेषण गरी अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थललाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइने गरेको संयोजक आचार्यको भनाइ छ ।

दलीय विभाजनको वैमनस्यता, सरकार विरोधी शक्तिका गतिविधि र यसअघिका निर्वाचनमा देखिएका घटनालाई आधार मानेर सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ ।

निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै निर्वाचन प्रहरी पनि सुरक्षाका लागि खटिनेछन् ।

यस पटकको निर्वाचनमा एक मतदानस्थल थप तथा र एक मतदान केन्द्र घटाइएको छ । जसअनुसार १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम छ ।

यस्तै दुई मतदानस्थललाई स्थानान्तरण समेत गरिएको छ । निर्वाचनका लागि कूल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?