+
+
Shares

प्रत्यक्षतर्फको २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सकियो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १५:२९

१८ माघ, काठमाडौं । आगामी फागुनमा २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको ३० लाख मतपत्र छपाइ सकिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, विभिन्न २५ जिल्लाका ३० लाख मतपत्रको छपाइ सकिएको हो ।

‘२५ जिल्लाको ३० लाख मतपत्र प्रत्यक्षतर्फको छापेर सकिएको छ,’ आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले भने ।

उनका अनुसार, अब १ करोड ७० लाख मतपत्र छाप्न बाँकी छ । एक दिनमा १२ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको पनि उनले बताए ।

यो संख्यामा मतपत्र छपाइ हुँदा तोकिएकै समयमा सकिनेगरी आयोगले काम अघि बढाएको उनले जानकारी दिए ।

‘आफ्नो कार्यतालिका बमोजिमका कामहरू तोकिएको समयभित्रै सकिनेगरी लागेका छौं,’ प्रवक्ता भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?