+
+
Shares

‘हरिबहादुरको जुत्ता’ टिमले नयाँ फिल्म ‘श्रीनिवास’ बनाउने, मुख्य भूमिकामा हरिवंश र अभिषेक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसएम मोसन पिक्चर्सले नयाँ चलचित्र श्रीनिवास निर्माण गर्ने घोषणा गरेको छ।

२० माघ, काठमाडौं । ‘हरिबहादुरको जुत्ता’ पछि यही टिमले नयाँ फिल्म ‘श्रीनिवास’ निर्माणको घोषणा गरेको छ । गएको दशैँको फूलपातीमा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ ले दर्शकको राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएको थियो।

एसएम मोसन पिक्चर्सले आफ्नो ब्यानरमा दोस्रो फिल्म ‘श्रीनिवास’ निर्माण गर्ने औपचारिक घोषणा मंगलबार गरेको हो । फिल्ममा हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन् । अभिषेकको डेब्यू फिल्म ‘कुमारी’ यही माघ २३ गतेबाट रिलिज हुँदैछ, जसले उनलाई पछिल्लो समय चर्चामा ल्याएको छ।

सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा तयार हुने फिल्मलाई सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्नेछन् । यसअघि उनीहरूले फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्माण गरेका थिए।

‘श्रीनिवास’ मा अभिमन्यु निरावीको लेखन रहनेछ । फिल्मका अन्य कलाकार तथा प्राविधिक पक्षबारे निर्माण टिमले क्रमशः जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?