+
+
Shares

प्रतिनिधिसभा चुनाव : सिरहामा २ हजार ३ सय सुरक्षाकर्मी परिचालन

जिल्लामा आजैदेखि नेपाली सेनाको विशेष टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १८:३०

२१ माघ, सिरहा । सिरहामा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थापन कडा पारिएको छ। जिल्लामा आजैदेखि नेपाली सेनाको विशेष टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख सहायक जिल्ला अधिकारी चेतराज बरालका अनुसार जिल्लामा ६ सय नेपाली सेना, ६ सय सशस्त्र प्रहरी र १ हजार १ सय नेपाल प्रहरी गरी जम्मा २ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालले निर्वाचनलाई चुस्त, दुरुस्त र सफल बनाउन सुरक्षा व्यवस्थापन कडा बनाइएको बताए ।

उनका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा चार स्थानमा सुरक्षा बेस स्थापना गरी सेनाको परिचालन गरिएको छ, जसलाई क्रमशः जिल्लाका सबै मतदान केन्द्रसम्म विस्तार गरिने छ।

जिल्लाका संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूमा विशेष निगरानी बढाइएको छ भने सीमावर्ती क्षेत्र, मुख्य राजमार्ग तथा भीडभाड हुने स्थानमा सुरक्षा गस्तीलाई प्राथमिकताका साथ सञ्चालन गरिएको छ।

निर्वाचनका क्रममा कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन तथा मतदाताले सुरक्षित वातावरणमा निर्भीक रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सकून् भन्ने उद्देश्यले नेपाली सेनालाई समेत सुरक्षा जिम्मेवारी दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?