+
+
Shares

५ वर्षपछि अभिनयमा फर्किइन् रिया चक्रवर्ती, सिरिज ‘फ्यामिली बिजनेस’ मा देखिइन्

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिया चक्रवर्तीले मुम्बईमा भएको ‘नेक्स्ट अन नेटफ्ल्क्सि’ इभेन्टमा आफ्नो नयाँ सिरिज ‘फ्यामिली बिजनेस’ को औपचारिक घोषणा गरिन्।
  • सिरिजमा रियासँगै अनिल कपूर र विजय वर्मा मुख्य भूमिकामा देखिनेछन् र यो छिट्टै नेटफ्लिक्समा रिलिज हुनेछ।
  • बम्बई उच्च अदालतको फैसला पश्चात् रियाले ५ वर्षपछि आफ्नो पासपोर्ट फिर्ता पाएकी छिन्।

मुम्बई । सुशान्त सिंह राजपूतको निधनपछि लामो समय ब्रेक लिएकी रिया चक्रवर्ती फेरि फिल्म र सिरिजमा फर्किँदैछिन् । मंगलबार साँझ मुम्बईमा भएको ‘नेक्स्ट अन नेटफ्ल्क्सि’ इभेन्टमा उनले आफ्नो नयाँ सिरिज ‘फ्यामिली बिजनेस’ को औपचारिक घोषणा गरिन् ।

सिरिजमा रियासँगै अनिल कपूर र विजय वर्मा पनि मुख्य भूमिकामा देखिनेछन् । रियाले आफ्नो इन्स्टाग्राममा सिरिजको टिजर सेयर गर्दै लेखेकी छिन्, ‘पुरानो पैसाले नयाँ शक्ति दिन्छ । जब शक्ति ठूलो हुन्छ, तब परिवार र व्यापारबीचको रेखा मेटिँदै जान्छ । ‘फ्यामिली बिजनेस’ छिट्टै नेटफ्लिक्समा मात्र ।’

रियाको कमब्याकले उनका फ्यान खुसी छन् र सोसल मिडियामा उनलाई राम्रो समर्थन मिलिरहेको छ ।

एकजना फ्यानले लेखेका छन्, “ढिलै भए पनि राम्रो भयो, बधाई छ !’ अर्काले भनेका छन्, “रियालाई फेरि स्क्रिनमा देख्न पाउँदा खुसी लागेको छ । यो कमब्याक उनको लागि एकदमै सही छ, अब यो सिरिज हेर्न कुरेर बस्न सक्दिनँ ।’ यसबाहेक अन्य धेरै प्रयोगकर्ताले पनि खुसी व्यक्त गरेका छन् ।

जानकारीका लागि, सन् २०२० मा सुशान्तको निधन भएको थियो । सोही वर्षको सेप्टेम्बरमा ह्वाट्सएपमा कथित लागुऔषध सम्बन्धी कुराकानी (च्याट्स) बाहिरिएपछि नार्कोटिक्स कन्ट्रोल ब्यूरोले रियालाई हिरासतमा लिएको थियो ।

आफ्नो पासपोर्ट ब्यूरोमा बुझाउनुपर्ने सर्तसहित उनले अर्को महिना जमानत पाएकी थिइन् । अन्ततः ५ वर्षपछि रियाले आफ्नो पासपोर्ट फिर्ता पाएकी छिन् । हालै बम्बई उच्च अदालतले उनको पक्षमा फैसला सुनाएपछि उनले पासपोर्ट फिर्ता पाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?