+
+
Shares

बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्री कार्कीसँग २ घण्टा छलफल

‘अध्यक्ष ओली बालुवाटार जानुभएको हो । उहाँले प्रधानमन्त्रीसँग करिब २ घण्टा छलफल गरेर फर्किसक्नुभएको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १४:१३

२२ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच करिब २ घण्टा वार्ता भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहीबार बिहान प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए ।

ओली निकट स्रोतका अनुसार, उनी बिहान करिब ९ बजेपछि बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग उनले करिब २ घण्टा समसामयिक राजनीति र निर्वाचनबारे छलफल गरेर फर्किएका हुन् ।

‘अध्यक्ष ओली बालुवाटार जानुभएको हो । उहाँले प्रधानमन्त्रीसँग करिब २ घण्टा छलफल गरेर फर्किसक्नुभएको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

छलफलका क्रममा निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा गर्नेबारे छलफल भएको जनाइएको छ । साथै, एकै चरणमा निर्वाचन गर्नुपर्नेगरी अघि बढ्न ओलीले सरकारलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच एकै चरणमा छलफल गर्ने बुझाइ रहेको दुवै पक्षका निकस्थहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?