+
+
Shares

तेरापन्थ महिला मण्डलको ‘प्याप स्मियर टेस्ट’ शिविर सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १७:२८

२२ माघ, काठमाडौं । तेरापन्थ महिला मण्डल काठमाडौंले विश्व क्यान्सर दिवसका अवसर पारेर ‘प्याप स्मियर टेस्ट’ शिविरको सफल आयोजना गरेको छ ।

यो शिविर परोपकार म्याटरनिटी एन्ड वुमेन्स हस्पिटल, फ्रन्टलाइन हस्पिटल तथा चुनिखेल हेल्थ पोस्टमा सम्पन्न भएको थियो।

तेरापन्थ महिला मण्डल अध्यक्ष संगीता बोथरा, तेरापन्थ सभा अध्यक्ष शुभागमल जम्मड, अखिल भारतीय तेरापन्थ महिला मण्डलकी नेपाल प्रभारी अमिता नाहटा, निवर्तमान अध्यक्ष निशा जैन, प्रमुख अतिथि चीनका सुप्रसिद्ध स्तन क्यान्सर विशेषज्ञ डा. च्याग एवं डा. जिङ, बूढानीलकण्ठकी उपमेयर अनिता लामा तथा चुनिखेल वडाध्यक्ष टीकानारायण श्रेष्ठ लगायत उपस्थित थिए ।

यस शिविरमा ३ सय ७१ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण सफलतापूर्वक सम्पन्न गरियो । अध्यक्ष संगीता बोथराले सबै सहयोगी चिकित्सकलाई प्रशंसापत्र प्रदान गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?