+
+
Shares

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १९:४०

२२ माघ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा सिंहदरबार जलाएको भन्दै अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार चितवनको खैरहनी नगरपालिका–९ घर भएका ३६ वर्षीय महेन्द्र गौतमलाई पक्राउ गरिएको हो ।

एसपी गौतमका अनुसार सिंहदरबार आगजनी गरेको बताउने र अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साउने कार्यमा संलग्न रहेको आधारमा गौतमलाई पक्राउ गरिएको हो ।

उनी भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिने अपराधमा संलग्न रहेको प्रहरीले बताएको छ ।

गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा ५ (पाँच) दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?