२३ माघ, काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा आयोजना हुने ‘एक्स्चेन्ज तु अपग्रेड’ एक्स्क्लुसिभ एक्स्चेन्ज क्याम्प घोषणा गरेको छ। यो क्याम्प २३ देखि २६ माघसम्म सञ्चालन हुनेछ ।
चार दिनसम्म चल्ने यस विशेष क्याम्पले कारप्रेमी तथा हाल सवारीसाधन प्रयोग गरिरहेका ग्राहकलाई आफ्ना पुराना गाडी साटेर सेग्मेन्टकै उत्कृष्ट ओमोडा जेइको गाडी लिन सुनौलो अवसर प्रदान गर्ने छ ।
क्याम्प अवधिभरि ओमोडा एन्ड जेइकोका कुनै पनि मोडेल बुकिङ गर्ने ग्राहकले नगद छुट, एक्स्चेन्ज बोनस, १ वर्षको निःशुल्क इन्स्योरेन्स र प्रत्येक बुकिङमा एक एमआई मोबाइल फोन प्राप्त गर्नेछन् । यसका साथै ओमोडा एन्ड जेइकोले एक भाग्यशाली जोडीका लागि चीन भ्रमणको विशेष ‘बम्पर अफर’ पनि घोषणा गरेको छ ।
हाल नेपाली बजारमा ओमोडा एन्ड जेइकोका ‘ओमोडा ई५’, ‘जेइको जे५’ र ‘जेइको जे६’ गरी तीन मोडेल उपलब्ध छन् । ओमोडा ई५ को ५४ लाख ९९ हजार, जेइको जे५ को ५६ लाख ९९ हजार र जेइको जे६ को मूल्य ६५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
क्याम्पमा सहभागीले उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, प्रभावशाली रेन्ज, उन्नत सुरक्षा प्रविधि, उच्च कार्यक्षमता र समग्र प्रदर्शनका हिसाबले सेग्मेन्टमै अग्रणी ओमोडा एन्ड जेइको गाडीहरू नजिकबाट अनुभव गर्न सक्नेछन् ।
प्रतिक्रिया 4