+
+
Shares

कैलालीको लम्कीचुहामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते १४:१६

२४ माघ, धनगढी । कैलालीको लम्कीचुहामा पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन् ।

ट्रकको ठक्करबाट शुक्रबार साइकल यात्रीको मृत्यु भएपछि आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । ट्रकले ठक्कर दिंदा लम्कीचुहा नगरपालिका–८ का १५ वर्षीय शिरिस भण्डारीको मृत्यु भएको थियो ।

आफन्तहरुले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र ट्रक चालकलाई बारबाहीको माग गर्दै टायर बालेर राजमार्ग अवरुद्ध गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।

उनकाअनुसार राजमार्ग अवरुद्ध भएपछि विभिन्न गन्तव्यका सवारीसाधन चल्न सकेका छैनन् । अहिले मृतक पक्ष र स्थानीय प्रशासनबीच छलफल चलिरहेको छ ।

भण्डारीलाई ठक्कर दिने सुपप्र०१००१ख२८५० नम्बरको ट्रकका चालक गोदावरी नगरपालिका–१ का ३९ वर्षीय रामदत्त भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?