+
+
Shares

हुम्लामा भरुवा बन्दुकसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते १६:०३

२४ माघ, हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले भरुवा बन्दुक र भालुको जस्तो पन्जाको नंग्रा भागसहित एक जनालाई पक्राउ गरेको छ ।

सिमकोट गाउँपालिका–४ बुराउसे बस्ने ७४ वर्षीय कुङ्गा सुन्दुप लामाको घरको कोठाबाट बरामद गरेको हो ।

भरूवा बन्दुक र जंगली जनावरको नंग्रा लुकाइछिपाई राखेको अवस्था प्रकाउ गरेको हो ।

गोप्य सूचनाको आधारमा बिहान साढे ९ बजे बन्दुक १ थान र जंगली जनावरको भालुको  जस्तो देखिने पन्जाको भाग समेत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खड्काले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?