+
+
Shares

सकियो अक्षरा शैक्षिक प्रदर्शनी

अक्षरा शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अक्षरा स्कुलमा २३ माघमा सम्पन्न शैक्षिक प्रदर्शनीमा कक्षा विषयगत सिप विद्यार्थीहरूले व्यावहारिक रूपमा प्रदर्शन गरे।
  • प्रदर्शनीमा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन, गणित, विज्ञान, प्रविधि, संस्कृत लगायत विषयका स्टल राखिएका थिए।
  • प्रदर्शनीमा १२ विद्यालयका ११ सय विद्यार्थी र ६ सय अभिभावक सहभागी भएर विद्यार्थीहरूको सिप र सिर्जनशीलता प्रदर्शन भयो।

२३ माघ, काठमाडौं । अक्षरा शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । शुक्रबार विद्यालय परिसरमै भएकाे प्रदर्शनी वा शैक्षिक मेला विभिन्न विषय र विधागत रुपमा कक्षाकोठामा सिकेका सिपलाई विद्यार्थीहरूले व्यावहारिक रुपमा प्रदर्शन गरेका हुन् ।

विद्यालयकाे साेच र लक्ष्यअनुसार बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै समाजलाई दक्ष जनशक्ति हस्तान्तरण गर्ने, सहकार्य गर्ने, नेतृत्व क्षमताकाे विकास गर्ने, रचनात्मक तथा सिर्जनात्मक क्षमताकाे विकास गर्ने लक्ष्यका साथ विद्यालयले स्थापनाकालदेखि नै रचनात्मक कार्यक्रम गर्दै आइरहेकाे छ ।

विश्वव्यापी रूपमा सक्षम र जिम्मेवार नागरिक बनाउने, बालमस्तिष्कमा आउने जिज्ञासा समाधान गर्ने, सिर्जनशीलता र भोलिका दिनमा चुनौतीसँग सामना गर्नसक्ने व्यक्तित्व विकास गर्ने लक्ष्यका साथ विद्यालयले सिकाइ प्रक्रियालाई सिक्ने, उत्प्रेरणा जगाउने, अभ्यास गर्ने र व्यवहारमा उतार्ने काम गरिरहेकाे जनाएकाे छ । विद्यालयका अनुसार यस शैक्षिक प्रदर्शनीलाई पनि यसैको एक शृंखलाको रुपमा लिइएको छ ।

विद्यार्थीहरुले नेपाली भाषासाहित्यका साथै अंग्रेजी, सामाजिक अध्ययन, गणित, विज्ञान तथा प्रविधि, कम्प्युटर, संस्कृत शिक्षालगायत विभिन्न विषयका अलगअलग स्टलमार्फत आफ्ना सिप र सिर्जनशीलतालाई प्रदर्शन गरेका थिए । उनीहरुले पाठ्यपुस्तकका साथै विभिन्न विधागत अतिरिक्त पुस्तकहरु पठन गरी पुस्तक समीक्षाका नमुनासमेत प्रस्तुत गरेका थिए ।

संस्कारयुक्त शिक्षालाई प्राथमिकता दिँदै संस्कृत भाषा अध्ययन र योग तथा आध्यात्मिक गतिविधि गराईरहेको विद्यालयले प्रदर्शनीमा संस्कृत भाषाको स्टल पनि राखेको थियो । जसमा विद्यार्थीहरुले दीप प्रज्वलकाे मन्त्रोच्चारण तथा स्वतिवाचन गरी संस्कृत श्लोक, पद, पदावलीका साथै ऋषिमुनिहरूका चित्र प्रदर्शन गरेका थिए ।

बालबालिकालाई सामाजिक तथा वैश्विक मूल्य र मान्यतामा आधारित शिक्षा प्रदान गर्दै आईरहेको विद्यालयका शैक्षिक निर्देशक विष्णुप्रसाद पनेरु बताउँछन् । ‘हामी विश्वास गर्छौं कि शिक्षा त्यतिबेला मात्र पूर्ण हुन्छ, जतिबेला त्यसले बालबालिकालाई असल मानव बन्न प्रेरित गर्छ,’ उनले भने ।

त्यस्तै, प्रिन्सिपल मिलन केसी लोप्चनले शैक्षिक प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो सिपलाई तिखार्ने अवसर प्रदान गरेको बताइन् । ‘विद्यार्थी केवल सिक्ने पात्र मात्र होईनन्, नेतृत्व लिने र विचार व्यक्त गर्ने सशक्त पात्र पनि हुन्, यो अवसर या अनुभवले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै भविष्यका चुनौतीहरूसँग सामना गर्ने मानसिक क्षमताको विकास गर्दछ,’ उनेकाे भनाइ थियाे ।

आजको शिक्षा नै भोलिको भविष्य निर्धारण गर्ने आधार भएको उल्लेख गर्दै संस्थापक निर्देशक अन्जु भट्टराईले भविष्य निर्माणको महत्त्वपूर्ण जिम्मेवारी आजका विद्यार्थीहरूको काँधमा रहने बताईन् । ‘असल, सभ्य र जिम्मेवार नागरिक उत्पादन गर्नु वर्तमान समयको अपरिहार्य आवश्यकता हो, जसले समाज र राष्ट्रको समग्र विकासमा योगदान पुर्‍याउँछ,’ उनले भनिन् ।

उनका अनुसार सभ्य नागरिकको कर्तव्यपालन गर्न सक्षम व्यक्तित्व निर्माण गर्ने र समाज तथा राष्ट्रलाई दक्ष जनशक्ति हस्तान्तरण गर्ने उद्देश्यका साथ अक्षरा स्कुल निरन्तर अघि बढिरहेको छ । उक्त लक्ष्य हासिल गर्ने दिशामा अक्षरा स्कुल सधैँ अग्रणी भूमिकामा रहने उनकाे प्रतिबद्धता थियाे ।

प्याब्सन काठमाडाैँका अध्यक्ष नवराज भट्टकाे प्रमुख आतिथ्यमा उद्घाटन भएको प्रदर्शनीकाे काठमाडाैँ उपत्यकाका १२ वटा विद्यालयका करिब ११ सय विद्यार्थी, ६ सय अभिभावकहरुका साथै विद्यालय प्रतिनिधिहरुले अवलोकन गरेका थिए । विद्यार्थी, अभिभावक तथा विद्यालयका प्रतिनिधिहरूकाे भ्रमण तथा अवलाेकनले विद्यार्थीहरूलाई थप हाैसला बढाएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?