+
+
Shares

विदेश पठाउने भन्दै ६८ लाख ठगीको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १७:१०

२६ माघ, काठमाडौं । विदेश पठाउने भन्दै ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० मा रहेको ह्याप्पी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक चितवनको राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय बद्री सिलवाल छन् ।

अध्ययन भिसामा २ विद्यार्थीलाई पोर्चुगल पठाउने भन्दै २१ लाख ७० हजार जम्मा गर्न लगाई उनी फरार भएका थिए । यो घटनामा उनलाई प्रहरी वृत्त लैनचौरले पक्राउ गरेको हो ।

उनै सिलवालले आफ्नो परिचय बदलेर केदार प्रसाद सिलवाल भन्दै अन्य व्यक्तिलाई पनि ठगी गरेको पाइएको हो । स्पेनमा विद्यार्थी भिसामा पठाउने भनदै उनले १२ लाख ४० हजार ठगी गरेको आरोप छ ।

त्यस्तै चार जनालाई सर्बिया पठाउने भन्दै २१ लाख ९० हजार ५ सय जम्मा गर्न लगाई ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । स्पेन पठाउछु भन्दै थप तीन जनाबाट १२ लाख ठगी गरेको आरोप उनीमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?