२६ माघ, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका –६ वाना बजारमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय वानाले सोमबार दिउँसो पाँचखपन –६ स्थित वाना बजार क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद ५ लाख १३ हजार ३ सय ५० रुपैयाँ र तास बरामद गरेको छ ।
वाना बजार स्थित दुर्गा बहादुर श्रेष्ठको घरमा जुवातास खेलिरहेको विशेष सूचनाका आधारमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
पक्राउ परेका ब्यक्तिहरुको नाम भने खुलाइ सकेको छैन । इलाका प्रहरी कार्यालय वानाका प्रहरी निरीक्षक सुन्दर कुमार यादवको कमाण्डमा खटिएको १० जनाको टोलीले उनीहरुलाई नियन्त्रण लिएको हो ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4