+
+
Shares

जनकपुरमा यौनिक अल्पसंख्यकको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते ११:४९

२८ माघ, जनकपुरधाम । जनकपुरधाममा एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडानम्बर १७ तेतरियामा सडक छेउमा शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार सलले घाँटी कसेको अवस्थामा शव फेला परेको हो । घटनास्थल र शवको प्रकृति हेर्दा कसैले हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

घटनास्थल वरपर चप्पल, झोला भेटिएको छ । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?