+
+
Shares

खाडी क्षेत्रमा इरानी जलक्षेत्रबाट टाढा रहन अमेरिकी जहाजहरूलाई चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १३:३८

२८ माघ, काठमाडौं । अमेरिकी यातायात विभागको सामुद्रिक प्रशासनले सोमबार एक चेतावनी जारी गर्दै अमेरिकी झन्डा भएका व्यावसायिक जहाजहरूलाई इरानी जलक्षेत्रबाट टाढा रहन निर्देशन दिएको छ।

अमेरिकी जहाजहरूलाई आफ्नो ‘नेभिगेसन’ लाई खतरामा नपारी इरानी जलक्षेत्रबाट सकेसम्म टाढा रहन भनिएको छ।

‘स्ट्रेट अफ हर्मुज’ बाट पूर्वतर्फ जाने जहाजहरूलाई ओमानको जलक्षेत्रनजिकबाट जान सुझाव दिइएको छ।

इरानी सेनाले जहाजहरूलाई सोधपुछ गर्ने, रोक्ने वा कब्जामा लिने जोखिम लामो समयदेखि कायम छ। जहाजहरूले आफ्नो ‘एआईएस’ ट्रान्सपोन्डर अनिवार्य रूपमा चालु राख्नुपर्नेछ।

यदि इरानी सेनाले जहाज रोकेमा, जहाजको नाम र झन्डाको विवरण दिनुपर्नेछ, तर सुरक्षाको जोखिम नभएसम्म जहाजमा प्रवेश गर्न अनुमति दिनु हुँदैन।

यदि इरानी सेना जबरजस्ती जहाजमा पसेमा बल प्रयोग गरेर प्रतिरोध गर्नु हुँदैन।

यो चेतावनी वासिङ्टनले खाडी क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएसँगै आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?