२८ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ‘नेसनल गभर्नर्स एसोसिएसन’ (एनजीए) बीच फेब्रुअरी २०, २०२६ का लागि तय गरिएको औपचारिक बैठक रद्द भएको छ।
ह्वाइट हाउसले परम्पराविपरीत रिपब्लिकन गभर्नरहरूलाई मात्र बैठकमा बोलाउने र डेमोक्र्याटिक गभर्नरहरूलाई नबोलाउने निर्णय गरेपछि एनजीएले यो बैठक आफ्नो आधिकारिक कार्यक्रमबाट हटाएको छ।
मेरिल्यान्डका गभर्नर वेस मोर र कोलोराडोका गभर्नर जेरेड पोलिसलाई ह्वाइट हाउसको रात्रिभोजमा प्रतिबन्ध लगाइएको छ। यसको विरोधमा १८ जना डेमोक्र्याटिक गभर्नरहरूले रात्रिभोज बहिष्कार गर्ने घोषणा गरेका छन्।
संस्थाका अध्यक्ष केभिन स्टिटले एनजीएले सबै ५५ गभर्नरहरूको प्रतिनिधित्व गर्ने भएकाले कुनै एक पक्षलाई मात्र समेट्ने कार्यक्रमलाई समर्थन नगर्ने स्पष्ट पारेका छन् ।
ह्वाइट हाउसले भने राष्ट्रपतिलाई आफ्नो इच्छाअनुसार अतिथि बोलाउने अधिकार रहेको भन्दै यस कदमको बचाउ गरेको छ।
प्रतिक्रिया 4