+
+
Shares

हिमालयन एभरेस्ट इन्स्योरेन्सको आफ्नै अत्याधुनिक भवन निर्माण सम्पन्न, कुमारीपाटीबाट सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १८:११

२८ माघ, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले ललितपुर महानगरपालिका–१९ कुमारीपाटीमा आफ्नै आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ ।

कम्पनीको सेवा विस्तार र भौतिक पूर्वाधार सुदृढीकरण गर्ने रणनीतिक योजना अनुरूप यो नयाँ भवन निर्माण गरिएको हो ।

नयाँ भवन निर्माणसँगै कम्पनीले हाल ललितपुर लगनखेलमा रहेको आफ्नो शाखा कार्यालयलाई २८ माघदेखि कुमारीपाटीस्थित आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ ।

अबदेखि साविकको लगनखेल शाखाबाट प्रदान गरिँदै आएका सम्पूर्ण बीमा सेवा कुमारीपाटीको नयाँ स्थानबाट निरन्तर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

आफ्नै भवनबाट सेवा सञ्चालन प्रारम्भ भएपछि ग्राहकले थप व्यवस्थित, सहज र प्रभावकारी बीमा सेवा प्राप्त गर्ने विश्वास कम्पनीले लिएको छ ।

स्थानान्तरणको यस प्रक्रियामा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति ध्यान दिँदै कम्पनीले नयाँ स्थानबाट अझ उच्चस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले यस अवसरमा आफ्ना सम्पूर्ण ग्राहक, सरोकारवाला तथा शुभेच्छुकबाट प्राप्त निरन्तर विश्वास र सहयोगप्रति आभार प्रकट गरेको छ ।

साथै, आगामी दिनमा पनि ग्राहक केन्द्रित सेवालाई नै आफ्नो मुख्य प्राथमिकतामा राख्दै अघि बढ्ने दृढ संकल्प हिमालयन एभरेस्ट इन्स्योरेन्सले दोहोर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?