+
+
Shares

६ महानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाडौं

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौं महानगरपालिकाले ४४.९७ अंकमात्र प्राप्त गर्न सकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा काठमाडौं महानगरपालिकाले ४४.९७ अंक पाएर सबैभन्दा कमजोर स्थान ओगटेको छ।
  • विराटनगर महानगरपालिकाले ७८.११ अंक पाएर देशभरिका ६ महानगरपालिकामध्ये पहिलो स्थान हासिल गरेको छ।
  • कार्यसम्पादन मूल्यांकनका लागि १७ सूचक आधारमा बजेट सार्वजनिक गर्ने समय, राजस्व परिचालन, विद्यार्थी भर्ना दर लगायतका मापदण्ड प्रयोग गरिएको छ।

२९ माघ, काठमाडौं । देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका रहेको पाइएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौं महानगरपालिकाले ४४.९७ अंकमात्र प्राप्त गर्न सकेको छ । जुन देशभरिका ६ महानगरपालिकाको तुलनामा सबैभन्दा कमजोर हो ।

सबैभन्दा अब्बल भने यस वर्ष मोरङको विराटनगर महानगरपालिका रहेको छ । विराटनगरले ७८.११ अंक पाएर पहिलो स्थानमा छ । दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ । जसले ७६.३३ प्रतिशत अंक पाएको छ । तेस्रो स्थानमा चितवनको भरतपुर छ । भरतपुरले ६८.०४ अंक पाएको छ ।

चौथो स्थानमा रहेको पोखराले ५८.०४ अंक पाएको छ । पाँचौं स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अंक पाएको छ । काठमाडौं छैटौं स्थानमा छ ।

कार्य सम्पादन मूल्यांकनका आधारमा कुन महानगर कति अब्बल ?

विराटनगर : ७८.११

ललितपुर : ७६.३३

भरतपुर : ६८.०४

पोखरा : ५८.७६

वीरगञ्ज : ५४

काठमाडौं : ४४.९७

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ ।

यसैगरी आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।

आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समिक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ ।

यसबाहेक राजस्व परिचालन, बजेट खर्च अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिकाको अनुपातलाई समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ ।

देशभरि ८० अंक कटाउने स्थानीय तह भने ४ वटा मात्र छन् । जसमा अधिकांश पश्चिम नेपालका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?