+
+
Shares

पूर्वराजालाई स्वागत गर्न पुगे दुर्गा प्रसाईं, विमानस्थल बाहिर समर्थकको नाराबाजी (तस्वीरहरू)

समर्थकहरूलाई आफू पूर्वराजा शाहलाई लिएर आउने भन्दै प्रसाईं भित्र प्रवेश गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १३:०६

१ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू विमानस्थल बाहिर पुगेका छन् । उनीहरू अहिले विभिन्न नारासहित पूर्वराजा शाहको स्वागतमा बसेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पनि विमानस्थल पुगेका छन् । उनी समर्थकहरूलाई विमानस्थल बाहिर राखेर अहिले भित्र प्रवेश गरेका छन् ।

समर्थकहरूलाई आफू पूर्वराजा शाहलाई लिएर आउने भन्दै भित्र प्रवेश गरेका हुन् ।

त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मै कडा सुरक्षा व्यवस्था बनाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

अहिले काठमाडौंका चोक–चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आइरहेका छन् । राप्रपा लगायत राजवादीहरूले उनको स्वागतको तयारी गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?