+
+
Shares

एपीएफ अस्पतालले मनायो २४ औँ वर्षगाँठ

समारोहमा प्रमुख अतिथि रहेका सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) राजु अर्यालले स्वास्थ्यकर्मीलाई सकारात्मक भावनाका साथ मानवीय सेवामा काम गर्न आग्रह गरे ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १४:०३

२ फागुन, काठमाडौं । नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालले आफ्नो स्थापनाको २४ औँ वर्षगाँठ मनाएको छ । शनिबार बलम्बुस्थित अस्पताल परिसरमै एक समारोहका बिचमा अस्पतालले २४ औँ वार्षिकोत्सव मनाएको हो ।

समारोहमा प्रमुख अतिथि रहेका सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) राजु अर्यालले स्वास्थ्यकर्मीलाई सकारात्मक भावनाका साथ मानवीय सेवामा काम गर्न आग्रह गरे ।  प्राकृतिक विपद्, आपत्कालीन अवस्था, भूकम्प, कोभिड महामारीजस्ता चुनौतीका बेला एपीएफ अस्पतालले जनस्वास्थ्यमा दिएको योगदानका लागि पनि आईजीपी अर्यालले खुसी व्यक्त गरे ।

अस्पतालमा सेवा प्रवाहलाई सहज, सुलभ, गुणस्तरीय बनाउँदै लैजाने लक्ष्य रहेको बताउँदै उनले नयाँँ प्रविधि, तालिम, शैक्षिक विस्तार र सेवा प्रणालीमा निरन्तर सुधारलाई प्राथमिकता राखिएको पनि बताए ।

समारोहकै क्रममा अस्पतालमा जडान भएको मडुलर अप्रेसन थे्रेटरको समेत उद्घाटन गरिएकको छ । कार्यक्रममा अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा.रूपक महर्जनले अस्पताल जहिल्यै नागरिकको स्वास्थ्य सुधारमा दत्तचित्त भएर लाग्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?